Logo

मंगलवार, श्रावण १२ गते २०८३

बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा बाली बिज्ञान बिषयमा भर्ना खुल्यो

बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा बाली बिज्ञान बिषयमा भर्ना खुल्यो

जोईन खबर

२६, भाद्र २०७७
  • 5.1K
    SHARES
  • बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा  बाली बिज्ञान बिषयमा भर्ना खुल्यो

    २६ भदौ, गोरखा । बारपाक सुलिकोट गाउॅपालिका वडा नं ४ मा रहेको बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा CTEVT अन्तरगतको तीन बर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान)मा भर्ना खुलेकोछ । 

    images

    CTEVT को आंगिक शिक्षालयको रुपमा स्थापित ईन्ष्टिच्यूटले सैद्धान्तिक कक्षा मुलदेवी आधारभुत बिद्यालयमा  र प्रयोगात्मक कक्षा हिमालय संचालन गर्नेछ।

    08686CFD-85EF-4276-A387-3845E4053E65.jpeg

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (CTEVT) ले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि असोज १५ भित्र भर्नाको लागि आवेदन दिई सक्नुपर्ने जनाएको छ । बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा बाली बिज्ञान बिषयमा ४० जना बिद्यार्थीको भर्ना हुन पाउॅछन् । 

    7E6AF6C0-AA02-42B4-9229-47A56CF003EF.jpeg

     बाली विज्ञानमा भर्ना हुन बिद्यार्थीले SEE/SLCमा  गणित,बिज्ञान र अंग्रेजी मध्ये कुनै दुई बिषयमा 'सी' र अर्को एक बिषयमा 'डि प्लस' ग्रेड ल्याएको हुनुपर्छ ।ईन्सटिच्युटले बार्षिक शुल्क तेत्तिस हजार र धरौटी बापत तीन हजार शुल्क  तोकिएको छ । बारपाक सुलिकोट गाउॅपालिकोको विद्यार्थीलाई गाउॅपालिकाले ५०% छात्रवृत्तीको ब्यवस्था गरेको गाउॅपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानाकारी दिनुभएको छ । साथै विद्यार्थी संख्याको आधारमा पशु बिज्ञान बिषयको समेत कक्षा संचालन गर्न सकिने अध्यक्ष भट्टले बताउनु भएको छ ।

    बिद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन तिनप्रती फोटो, SEE /SLCको मार्कसिट, जन्मदर्ता वा नागरिकताको फोटोकपी/ प्रवेशपरिक्षा शुल्क रु १५०० सहित हुडींफाटमा रहेको शिक्षालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ । थप जानकारीके लागि मोबाईल नं ९८५६०१५२०४, ९८४७८२०२०४ मा सम्पर्क गर्न सूचनामा भनिएको छ । बारपाक पोलिटेक्निक ईन्ष्टिच्यूटमा कक्षा बिहान ०७:०० देखि १२:०० बजेसम्म संचालन हुने जानकारी शिक्षालय संयोजक रामचन्द्र देवकोटाले दिनुभएको छ ।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १२:२५:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको