Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१९ जनाको मृत्युले जन्माएको योजना : कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण हुँदै

१९ जनाको मृत्युले जन्माएको योजना : कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण हुँदै

जोईन खबर

१०, कार्तिक २०८३
  • 514
    SHARES
  • १९ जनाको मृत्युले जन्माएको योजना : कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण हुँदै

    ९ कार्तिक ललितपुर । पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको पहलमा निर्माण भइरहेको यो पुल नेपालमै पहिलो पटक लिफ्ट सुविधासहितको आकाशे पुलका रूपमा अघि बढाइएको जनाइएको छ।

    images

    कुसुन्ती क्षेत्रमा सडक दुर्घटनामा १९ जनाको मृत्यु भएपछि पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले पुल निर्माणको योजना अघि बढाइएको हो।

    images
    images
    images

    लिफ्टसहितको पुल निर्माण भएपछि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा हिँडडुल गर्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले पैदलयात्रीलाई व्यस्त सडकमा जोखिम मोलेर बाटो काट्नुपर्ने अवस्थालाई कम गर्न सहयोग पुर्‍याउनेछ।

    सडक सुरक्षालाई प्राथमिकता दिँदै निर्माण भइरहेको यस संरचनाले कुसुन्ती क्षेत्रमा पैदलयात्रीको आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १४:५९:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको