Logo

शुक्रवार, भाद्र २६ गते २०८३

छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश बोकेको चलचित्र ‘हली’ भोलिदेखि देशभर प्रदर्शनमा

छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश बोकेको चलचित्र ‘हली’ भोलिदेखि देशभर प्रदर्शनमा

जोईन खबर

२१, श्रावण २०८३
  • 2.6K
    SHARES
  • छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश बोकेको चलचित्र ‘हली’ भोलिदेखि देशभर प्रदर्शनमा

    २१ साउन काठमाडौँ ।  नेपाली समाजमा अझै पनि विद्यमान छाउपडी प्रथा, गरिब किसानको जीवनशैली र हली प्रथाको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक चलचित्र ‘हली’ भोलिदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउँदैछ।

    images

    जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रले छाउपडी प्रथाका कारण बालिका तथा महिलाले भोग्नुपर्ने विभेद, सामाजिक बहिष्कार, दुर्व्यवहार र पीडालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ। चलचित्रले समाज परिवर्तनका लागि एउटा सचेत नागरिकको भूमिका नै पर्याप्त हुन सक्छ भन्ने सशक्त सन्देश दिएको छ। चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्।चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले ‘हली’ले दर्शकको मन जित्ने मात्र नभई अपेक्षाभन्दा राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रदर्शनअघि नै प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण निर्माण टिमलाई थप उत्साहित बनाएको छ।

    हालै काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शनमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकले चलचित्रको खुलेर प्रशंसा गरेका थिए। छाउपडीजस्तो गम्भीर सामाजिक विषयलाई प्रभावकारी रूपमा पर्दामा उतारिएको भन्दै अधिकांश दर्शकले निर्माण पक्षको प्रयासको सराहना गरेका छन्।

    चलचित्रको प्रचारप्रसार पनि देशका विभिन्न स्थानमा तीव्र रूपमा अघि बढाइएको छ। पोखरालगायतका शहरहरूमा आमा समूहले घरदैलो अभियान सञ्चालन गरेका छन् भने विद्यालय, बजार क्षेत्र तथा सार्वजनिक स्थानहरूमा पनि प्रचार अभियानलाई व्यापक बनाइएको निर्मात्री पूजा गुरुङले जानकारी दिइन्।

    चलचित्रमा मुख्य भूमिकामा प्रमोद अधिकारी रहेका छन्। साथै निर्देशक ओम प्रतीक, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ।

    चलचित्रको अर्को आकर्षण यसको प्रमोशनल गीत हो। उक्त गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष प्रस्तुति दिएका छन्।

    चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। चलचित्रको छायांकन राहुल राई, सम्पादन रामप्रसाद चौधरी र विपिन मल्ल तथा द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका हुन्।

    त्यस्तै, चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द रहेको एक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ भने उक्त गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका छन्।

    नेशनल सिने ग्रुपले वितरण गरेको चलचित्र ८८‘हली’८८को डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ। सामाजिक यथार्थ, छाउपडी प्रथाविरुद्धको सशक्त आवाज र परिवर्तनको स्पष्ट सन्देश बोकेको चलचित्र ८८‘हली’८८ले नेपाली दर्शकमाझ गहिरो प्रभाव छाड्ने र समाजमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

    प्रकाशित मिति :श्रावण २१, २०८३ बिहिवार - १३:३७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको