२६ भदौ, काठमाडौं । कोभिड १९ का कारण पशुपतिनाथको व्यवस्थापनका लागि खुलेको पशुपति क्षेत्र विकास कोषलाई ६० करोड घाटा लागेको छ । आठ महिनादेखि भक्तजनको लागि मन्दिर बन्द हुँदा विभिन्न शीर्षकमा हुने आम्दानी शून्यमा सीमित भएको हो ।
कोरोना महामारीका कारण चैत ११ गतेदेखि जारी बन्दाबन्दीसँगै बन्द भएको पशुपति अहिलेसम्म पनि भक्तजनको लागि खुला गरिएको छैन । बन्दाबन्दीमा धार्मिक क्षेत्र, मठ, मन्दिर आदि पूर्णतः बन्द गर्ने निर्णयका कारण साउने सोमबार, तीज जस्ता ठूला पर्वमा समेत पशुपति बन्दै रह्यो । जसका कारण दान र दक्षिणाबाट दैनिक हजारौं रूपैयाँ गुमिरहेको कोषले जनाएको छ ।