Logo

बिहिवार, श्रावण १४ गते २०८३

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि गेटवे एकेडेमी

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि गेटवे एकेडेमी

जोईन खबर

२, पौष २०८०
  • 736
    SHARES
  • १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि गेटवे एकेडेमी

    २ पुष काठमाडाैँ । गेटवे एकेडेमीले १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बन्यो ।

    images

    स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा गेटवेले पूर्व विजेता न्यु स्टार पोललाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । गेटवेका प्रतिक रायमाझीले निर्णायक गोल गरे ।

    प्रतिक नै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।मूलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । शीर्ष स्थान हात पार्ने टिमले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

    प्रतियोगिताले १६ औं संस्करण पार गर्दा कोटदेवी, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान ३–३ पटक उपाधि जितेका छन् । न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान १–१ पटक च्याम्पियन बनेका छन् ।

    गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले ७ गोल गरे ।हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए । डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए ।

    विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार टीकाराम पुरी, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा फेकाका सह–सचिव समेत रहेका प्रतियोगिता संयोजक राजु दाहाललाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहम भूमिका निर्वाह गरेकोमा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । मंसिर २१ गतेदेखि सुरु प्रतियोगितामा २४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १०:४०:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको