Logo

बुधवार, श्रावण १३ गते २०८३

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार चैतन्य र काठमाडौं जेभियर्सलाई दोहोरो जित

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार चैतन्य र काठमाडौं जेभियर्सलाई दोहोरो जित

जोईन खबर

८, पौष २०८०
  • 739
    SHARES
  • १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार  चैतन्य र काठमाडौं जेभियर्सलाई दोहोरो जित

    ८ पुष काठमाडाैँ ।चैतन्यले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । चैतन्य जुनियर ब्वाइज र सिनियर गल्र्समा विजयी भयो ।जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङलिस स्कुल (केइएस) लाई ३७–११ ले पराजित ग¥यो ।

    images

    चैतन्यको जितमा एलिस तामाङले २१ अंक योगदान गरे । सिनियर गल्र्समा अदिति चौधरीको ४ अंक सहयोगमा चैतन्यले अल्वर्टलाई ६–२ ले हरायो ।

    प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा स्वप्नवाटिकाले डेनेबलाई २१–१९, केइएसले श्रृजनशीललाई १०–५, सनसाइनले श्रृजनशीललाई ३२–८, सनसाइनले भद्रघलेलाई ३६–२२, काठमाडौं जेभियरले चैतन्यलाई २५–८, सूर्योदयले अक्षरलाई १२–७, स्पाङगलले लिभरपुललाई २६–१२, भद्रघलेले केइएसलाई ३२–३, हेम्सले अल्वर्टलाई ३०–२ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई १९–७ ले पाखा लगाए ।

    जुनियर ब्वाइजमा काठमाडौं जेभियरले एसियन पब्लिकलाई १०–८, हेम्सले अल्वर्टलाई १२–७, इनोभेटिभले स्पाङललाई २२–१५ र लिटिल फ्लावरले एसियन पब्लिकलाई १५–१३ ले पन्छाए ।

    सिनियर गल्र्समा श्रृजनशीले काठमाडौं जेभियरलाई ९–८, लिभरपुलले डेनेबलाई ६–२, हेम्सले सूर्योदयलाई ८–६, लिभरपुले सूर्योदयलाई ३–२, इनोभेटिभले भद्रघलेलाई १९–१२, हेम्सले डेनेबलाई ९–३ र एसियन पब्लिकले केइएसलाई २४–४ ले पाखा लगाए ।

    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १२:५८:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको