Logo

बुधवार, श्रावण १३ गते २०८३

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई लैनचौर शाखा डोजोले स्कुटर तथा नगदसहित सम्मान

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई लैनचौर शाखा डोजोले स्कुटर तथा नगदसहित सम्मान

जोईन खबर

१२, पौष २०८०
  • 781
    SHARES
  • सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई  लैनचौर शाखा डोजोले  स्कुटर तथा नगदसहित सम्मान

    १२ पुष काठमाडौं । लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ । बुधबार आयोजित कार्यक्रममा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगदसहित र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।

    images

    डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता रेहान जावेद, सोनु श्रेष्ठ, विनिता श्रेष्ठ र सुस्मिता वाइवालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । च्याम्पियनसिपमा जावेदले क्याडेटतर्फ पुरुष १४–१५ वर्ष समूहको कातामा स्वर्ण जितेका थिए । यस्तै सोनुले यू–२१ ५५ केजीमा तौल समूह र विनिताले सिनियर महिलाको खुलामा स्वर्ण पदक जितेका थिए ।

    सुस्मिताले भने सिनियर महिलाको ५५ केजीमा रजत पदक जितेकी  थिइन् ।यसैगरी डोजोले निरुपा तामाङ, विनिता श्रेष्ठ र रोजिता ढुंगेललाई स्कुटर प्रदान गरेको थियो । गत असोजमा इन्डोनेसियामा भएको सितेरियो वल्र्ड च्याम्पियनसिपमा निरुपाले रजत पदक जितेकी थिइन् । विनिता सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् भने रोजिताले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

    पदक विजेता खेलाडीलाई लैनचौर डोजोका सल्लाहकार एवं वरिष्ठ कराते प्रशिक्षक मधु लामा, सल्लाहकार अनित न्यौपाने, डोजो अध्यक्ष राम थारु, वरिष्ठ उपाध्यक्ष लक्ष्मण खड्का र कोषाध्यक्ष चन्द्र खड्कालगायतले सम्मान गर्नुका साथै स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १६:०९:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको