१४ पुष काठमाडाैँ । नेपाल सुपर लिग उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । खेल आज साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइनेछ । लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ ।
धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४-३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो । उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होबडमा छ ।
लिगमा एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।