Logo

बुधवार, श्रावण १३ गते २०८३

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई

जोईन खबर

१६, पौष २०८०
  • 778
    SHARES
  • १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई


    १६ पुष काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिकले १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने ।

    images

    हात्तीगौडास्थित ठुङरम इन्टरनेसनल एकेडेमी ९टीआईए० को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई ४०–३४ ले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ अंक जोडे । भ्याली पब्लिकले निम्सलाई ५५–३२ ले हराउदै तेश्रो भयो ।

    भ्याली पब्लिकका अनिमेश अधिकारीले १३ अंक जोडे ।सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निम्सलाई ४९–२४ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २६ अंक जोडिन् । एनसीसीएसले बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० लाई १९–१३ ले पाखा लगाउदै तेश्रो भयो । एनसीसीएसकी दिभा महर्जनले ८ स्कोर  गरिन् ।ब्वाइजमा ग्रिनल्यान्डका आशुतोष केसी तथा गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

    ब्वाइजमा एचएचसीएका दिशान राई तथा गल्र्समा निम्सकी टीना लिम्बू प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । दिशानले ७८ तथा टीनाले ३७ स्कोर गरे ।विजेतालाई बूढानीकलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा, टीआईएका प्रिन्सिपल उत्तमराज थापा, टीआईएका लेखा प्रमुख अशोक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा टीआईएकी पूर्व विद्यार्थी एवं बास्केटबल खेलाडी रिन्चेन मोक्तानलाई सम्मान गरिएको थियो ।

    रिन्चेनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा सहभागिता जनाएकी थिइन् ।प्रिन्सिपल थापाले टीआईएका संस्थापक अध्यक्ष ठुङरम ज्ञालत्रुल रिन्पोचे शेर्पाको निर्देशनमा प्रतियोगिता व्यवस्थित र सफलतापूवर्क सम्पन्न भएको बताउदै सहयोगी सबैपति आभार प्रकट गरे ।

    नौदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको टीआईएका बास्केटबल प्रशिक्षक केदार बुढाथोकीले जनाएका छन् ।

    प्रकाशित मिति :पौष १६, २०८० सोमवार - १४:०६:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको