Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

नेपालले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

जोईन खबर

२४, पौष २०८०
  • 817
    SHARES
  • नेपालले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

    २४ पुष काठमाडौँ । नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । नेपालले जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा एक सय ४९ रनमा अलआउट भयो ।

    images

    नेपालका तिलकराज भण्डारीले तीन र आकाश चन्दले दुई विकेट लिए । त्यसअघि नेपाल ४९ ओभर २ बलमा दुई सय ८४ रनमा अलआउट भएको थियो ।  नेपालका गुलशन झाले एक सय १४ रन बनाएका थिए । जनवरी १९ देखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपाल समूह ‘डी’ रहेको छ ।

    नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

     

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १०:३१:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको