Logo

बुधवार, श्रावण १३ गते २०८३

एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत प्रशान्तीलाई फुटसल उपाधि

एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत प्रशान्तीलाई फुटसल उपाधि

जोईन खबर

२४, माघ २०८०
  • 793
    SHARES
  • एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत प्रशान्तीलाई फुटसल उपाधि

    २४ माघ काठमाडाैँ । प्रशान्ती एकेडेमीले एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलको उपाधि मंगलबार जितेका छन् ।कपनस्थित दीक्षालय नेपाल फाउन्डेसनमा भएको फाइनलमा प्रशान्तीले भीमेश्वर एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो ।

    images

    प्रशान्तीका सुजन तामाङ र मनोज कार्कीले गोल गरे । भीमेश्वरका रुपेश थापाले सान्त्वना गोल फर्काए । रुपेशनै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । ग्रिनविचले माउन्ट ग्लोरीलाई २–० गोलले हराउदै तेश्रो   भयो ।एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहको फुटसलमा ४८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    पाँच खेल समावेश खेलकुद सप्ताहमा फुटसलसहित टेबलटेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भएको छ ।बास्केटबल बुधबारदेखि शंखमूलस्थित नेरिक एकेडेमीमा सुरु हुनेछ । नकआउट पद्धतिमा हुने बास्केटबलमा २० ब्वाइज टोली सहभागी थिए ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - ११:४९:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको