Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स सेमिफाइनल प्रवेश

प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स सेमिफाइनल प्रवेश

जोईन खबर

२९, माघ २०८०
  • 868
    SHARES
  • प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा स्किब्स सेमिफाइनल प्रवेश


     २९ माघ  काठमाडौं । स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो ।

    images

    स्किब्सका सफल रानाभाटले ६ अंक जोडे ।किङडम, एन्जल्स हार्ट र ग्रिनफिल्ड पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । किङडमले ग्रिनल्यान्डलाई ३५–१६ ले हरायो । किङडमका लोप्साङले १४ स्कोर गरे ।एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–२५ ले पाखा लगायो ।

    एन्जल्स हार्टका आदित पुनले १० अंक जोडे । ग्रिनफिल्डले भ्याली पब्लिकको चुनौती ४१–८ ले सहजै पन्छायो । ग्रिनफिल्डका दिप रोलेयाले १७ अंक बटुले ।सेमिफाइनलमा ग्रिनफिल्डको भेट किङडमसंग हुनेछ भने एन्जल्स हार्टले स्किब्सको सामना गर्ने छ । सेमिफाइनल मंगलबार हुनेछ ।

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - २१:३७:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको