९ फागुन काठमाडाैँ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध पहिलो खेलमा ४ विकेटको हार बेहोरेको र दोस्रो खेलमा २ विकेटले हार बेहोरेको छ । नामिबियाले १६९ रनको सामान्य लक्ष्य पछ्याएको थियो ।
टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।जेसिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् ।