१६ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज ११ः३० बजे दुई चिरपरिचित टिम आमनेसामने हुन लागेका हुन् । नेपाल हिजाे खेलेकाे पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो ।
शीर्ष दुईमा रहेर फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।