२९ फागुन काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीलाई दिन सहमती भएको छ। आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको हो।
तीन नेताहरुबीच भएको छलफलपछि नयाँ बानेश्वरमा सत्ता साझेदार दलहरुबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले मंगलबार सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गर्नेहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।