४ वैशाख काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त भिडियो अभिनयमा बल्छी धुर्बेलाई पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् । यस भिडियोमा कलाकारहरु पुजन घिमिरे रमेश श्रेष्ठ, राजु कार्की, बाल कलाकार आरोन श्रेष्ठ समृद्धि श्रेष्ठको अभिनय र दीपेन्द्र तिमलसिनाको म्युजिक भिडियोको सम्पादक प्रवीण भट्ट रहेका छन् ।
हास्य कलाकारको रूपमा परिचित रहेका बल्छी धुर्बे भन्छन्, ‘बाल्यकालदेखि नै गायनका रुचि थियो । काठमाडौं आएर संगीत पनि सिकेको त्यही रुचि पूरा गर्ने उद्देश्य वर्षमा केही गीत निकाल्ने गरेको बताए ।

बल्छीको आफनै स्वरमा सार्वजानिक भएको यो पाँचौँ गीत समेत हो । यस भिडियोको छायांकन अस्ट्रेलियाको मनोरम दृश्य र काठमाडौंका वसन्तपुर दरबार क्षेत्रमा भएको बताए । यसमा गीतमा बल्छीको अभिनय फुटपाथ चिया व्यापारिको भूमिकामा देखिएका छन् ।