४ असार काठमाडौँ । कुटपिटबाट सिराहामा एक युवक मृतयु भएको छ । सिराहा धनगढीमाई नगरपालिका १२ ठठियामा ३० वर्षीय राकेश यादवको मृत्यु भए प्रहरीले जनाएको हो । घटनामा मृत्यु भए पछि प्रहरीले अनुसन्धानको लागि ५ जनालाई पक्राउ गरेको छ।
सोमबार राति प्रहरीले नरहा गाउँपालिका १ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय लगायत ५ जनालाई पक्राउ गरेको हो । उनीहरूले शनिबार राति राकेशलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका राकेशलाई भारतस्थित पीजीआई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।