Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

राप्रपाका सांसद  लिङ्देनले प्रतिनिधि सभाको रोस्टमै च्याते  बजेट पुस्तिका

राप्रपाका सांसद  लिङ्देनले प्रतिनिधि सभाको रोस्टमै च्याते  बजेट पुस्तिका

जोईन खबर

४, आषाढ २०८१
  • 787
    SHARES
  • राप्रपाका सांसद  लिङ्देनले प्रतिनिधि सभाको रोस्टमै च्याते  बजेट पुस्तिका

    ४ असार काठमाडौँ । आज भएको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। सभामा  बजेटमाथिको छलफलमा भाग लिँदै रोस्टममा पुगेका राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।

    images

    संसाद लिङ्देनले आफनो बोल्ने समयमा उनले भने म कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। कहिलेकाहीँ रिस पनि उठ्छ तर एकछिनपछि सेलाउने र मन बुझाउने खालको मान्छेको रूपमा आफूलाई  ठानेको बताए ।   मैले बजेटको पुस्तिका हातमा परेको देखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय  बजेट देखेर म यसरी तातिएको छु कि यो यसरी च्यातेर यसरी हुर्याउने मन छ, तर यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ राख्छु भने ।

    images
    images
    images

    लिङ्देनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको आरोप लगाएका छन्।फेरि पनि निर्वाचन जित्नुपर्ने दबाबका कारण निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने बाध्यतामा मन्त्रीहरू रहेकोले निर्वाचन प्रणालीमै सुधार गर्नुपर्ने पनि उनले बताए।

    यस्तै भयो भने कसरी देश बनाउन  सकिन्छ । यसैको लागि हो सत्त गठबन्धन ।यसेको लागि हो सरकारमा जानको लगि कसरी यस्तो बजेट  बनाउने सकिन्छ, कसरी यस्तो लेख्न सकिन्छ, यो राज्यको सम्पत्ति हो मन लाक्दि गर्ने जस्ता कुरा राख्नु भयो ।  

    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १६:०६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको