३१ असार काठमाडौँ । कोपा–अमेरिका २०२४ को फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिनाका कप्तान मेस्सी आँखु पुस्दै मैदान छाडेका छन् ।फाइनलमा नेपाली समय अनुसार बिहान ७ बजे देखि अर्जेन्टिना र कोलम्बिया बिच उपाधि जितको लागि खेल भएको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी आफ्नो कप्तानीमा फेरि एकपटक अर्जेन्टिनालाई उपाधि चुमाउने धुनमा थिए । अर्जेन्टिनाका कप्तान घाइते भएका कारण मैदान छाड्न बाध्य बनेका थिए । खुट्टाको पुरनै समस्या बल्झिएपछि उनी निर्धारित समयको ६८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
खुट्टाको पिडा बढ्दै गएपछि अन्ततः ६८औँ मिनेटमा उनी मैदान छाडन बाध्य भएका थिए ।स्टार खेलाडी मेस्सीले खुट्टाको समस्या बल्झिएपछि आँशु खसाल्दै मैदान छाडेका थिए । उनले मैदान छाड्दै गर्दा रंगशालामा उपस्थित हजारौँ समर्थकले उनको हौसला बढाएका थिए । एजेन्सी