२ साउन काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमयदर निर्धारण गरिएको छ । यस दिन अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ४० पैसा र बिक्रीमा १४६ रुपैयाँ ५ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा तोकिएको छ।त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा पाइन्छ।यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।