२२ साउन काठमाडौँ । आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको २४ क्यारेट सुन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबार एतिहासिक उचाईमा पुगेको सुनको मूल्य, आज घटेर कारोवार भएको हो । तेही सुन आज उच्च दरले घटेको छ। हिजो सोमबार सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर कारोवार भएको सुन एकै दिनमा २ हजार ३०० रुपैयाँ घटेर कारोवार भएको संघले जनाएको हो । यसैगरी चाँदीको मूल्य पनि उच्च दरले घटेको छ ।
आज चाँदीको मूल्य १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार तोलाको १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँ घटेर खरिद बिक्रि भएको हो ।