२३ भदौ काठमाडौँ । नेकपा माओवादी केन्द्रका निकट अखिल क्रान्तिकारी बिधार्थी संगठनका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी शर्माले अब हुने २३ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा जनाकारी गराएका हुन् ।
सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जानेछु र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्याउन गम्भीरताका साथ बहस उठाउने बताएका छन् । आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु ।
उनले पत्रकार सम्मेलनमा बोल्दै सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नो व्यक्तिगत र समूहिक तरिकाबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध समेत ब्यक्त गरे हुन् । यही असोज २–५ गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै छ । अध्यक्ष पदका लागि शर्मा, रावलसहित पवन कार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् ।