Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिए

भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिए

जोईन खबर

१४, कार्तिक २०८१
  • 589
    SHARES
  • भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिए

    १४ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत् नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे फाइनल हुँदैछ।फाइनल खेलका लागि सुरूमा अनलाइनबाटै टिकट बिक्री गरिएको थियो। तर मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइनबाट टिकट बिक्री रोकेर दुई ठाउँबाट भौतिक रूपमा बिक्री गर्ने सूचना जारी गरेको थियो।

    images

    त्यतिबेलासम्म अनलाइनमार्फत् चार हजार एक सयले टिकट किनिसकेका थिए। भिआइपीतर्फ एक हजार भन्दा बढी टिकट बिक्री भइसकेको थियो। बाँकी ४९ सय भौतिक टिकट बिक्री गर्ने भनिएको थियो।जसपछि बुधबार बिहान ३ बजेदेखि टिकट किन्न मानिसहरू लाइनमा बसेर टिकट किनिरहेका हुन्।

    images
    images
    images

    टिकट काठमाडौंको भद्रकाली र ललितपुरको जावलाखेलबाट बिक्री भइरहेको हो।भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका छन्। उनीहरूले एन्फाविरूद्ध नाराबाजी गरिरहेका छन्।भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो।

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १२:१६:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको