Logo

बुधवार, श्रावण १३ गते २०८३

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

जोईन खबर

२५, पौष २०८१
  • 814
    SHARES
  • दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

    २५ पुस काठमाडौँ । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।

    images

    मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने बताए ।

    उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुने बताए ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।सदस्य–सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।

    सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ११:०२:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको