Logo

मंगलवार, कार्तिक ११ गते २०८३

उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

जोईन खबर

८, माघ २०८१
  • 907
    SHARES
  • उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

    ८ माघ काठमाडौं । दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा नं।१ चाल्नाखेलमा हुन गइरहेको हो ।

    images

    विभिन्न तौल समुहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा ३०० खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो । सो कराते संघले  खेलकुदको गतिविधिलाई प्रमुख रुपमा अगाडि बढाई यो प्रतियोगित प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । हालै मित्र राष्ट्र भारतमा भएको २०२४ को अन्तराष्ट्रिय प्रतियोगितमा यस संघका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी सफल नतिजा ल्याएका थिए ।

    images
    images
    images

    सो कार्यक्रम दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सो पत्रकार सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाको प्रथम साधरण सभा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेल स्वस्थ रहनको लागि पहिलो व्ययाम हो भने समाज अनुशासित बन्नको लागि र स्वच्छ समाज निर्माणको लागि खेल अत्यन्त महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

    सो खेल सम्पन्न गर्नको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने पनि बताउनु भयो ।वडा अध्यक्ष जय थापा मगर, संरक्षक कृष्ण गुरुङलगायतले उक्त कार्यक्रममा आफुहरुको साथ सहयोग रहने जानकारी गराउँदै खेल सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि शुभकामना व्यस्त गर्नुभयो ।

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १२:३१:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको