Logo

मंगलवार, श्रावण १२ गते २०८३

मछिन्द्र सभापति कपको सेमिफाइनलमा

मछिन्द्र सभापति कपको सेमिफाइनलमा

जोईन खबर

१२, माघ २०८१
  • 793
    SHARES
  • मछिन्द्र सभापति कपको सेमिफाइनलमा

    १२ माघ काठमाडौँ । मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको  सभापति कप फुटबलको  सेमिफाइनलमा प्रवेश गरेको छ।दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १-० गोलले पराजित गरेको हो।

    images

    मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे ।बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन्।

    अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए।यसअघि चर्च बोइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ।उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।

    प्रकाशित मिति :माघ १२, २०८१ शनिवार - १९:४२:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको