८ मंसिर काठमाडौँ । विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग एनपिएल मा लगातार तेस्रो जित हात पारेको छ। कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हरायो। जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो। सहज लक्ष्य पाएपनि जनकपुरले सुरुवात राम्रो गर्न सकेन।
ओपनर आशिफ शेख १३ रनमा सूर्य तामाङको बलमा बोल्ड आउट भए।पहिलो पावर प्लेमा जनकपुर ३५ रनमा नै रोकियो। कप्तान अनिल शाह १४ बल खेलेर ४ रनमा सन्दीप लामिछानेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट हुन पुगे।लगत्तै ओपनर लोकेश २ २८ रनमा संगिथको बलमा किशोरद्वारा समातिए। टप अर्डरका ३ ब्याटर आउट हुँदा विराटनगरले ५५ रन जोडेको थियो।जनकपुरले १० ओभरसम्म निरन्तर स्पिनरले बलिङ गरे।
१० ओभरको समाप्तिमा मात्र ५८ रनमा रोकिंदा विराटनगर दबाबमा आयो।पहिलो ओभरदेखि लगातार १६ ओभर स्पिनर प्रयोग गरेको जनकपुरले १७ औं ओभरमा भने पेश बलर किशोर महतोलाई बलिङमा ल्यायो।
१८ औं ओभरमा रुपेश सिंहले बसिर अहमद र शुभम राञ्जानेको ५२ रनको साझेदारी तोडे। बसिर चौथो विकेटको रूपमा पबिलियन फर्किए। ३ खेलमा विराटनगरले ६ अंक बनाउँदा जनकपुरको यो लगातार दोस्रो हार हो। आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।