Logo

मंगलवार, श्रावण १२ गते २०८३

कार्वाही पछि  विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन ,कांग्रेस कुनै व्यक्ति वा समूहको नभई लाखौँ कार्यकर्ताको साझा संस्था

कार्वाही पछि  विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन ,कांग्रेस कुनै व्यक्ति वा समूहको नभई लाखौँ कार्यकर्ताको साझा संस्था

जोईन खबर

३०, पौष २०८२
  • 556
    SHARES
  • कार्वाही पछि  विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन ,कांग्रेस कुनै व्यक्ति वा समूहको नभई लाखौँ कार्यकर्ताको साझा संस्था

    ३० पुस काठमाडौँ । पार्टी कार्वाहीको निर्णय सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनलाई सम्बोधन गरेका छन्। पाँच वर्षे निष्कासनको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका थापाले पार्टीभित्रको लोकतन्त्र, विधि र सदस्यको सम्मानको विषयलाई प्रमुख रूपमा उठाएका छन्।

    images

    विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस कुनै व्यक्ति वा समूहको नभई लाखौँ कार्यकर्ताको साझा संस्था भएको उल्लेख गरे। उनले विचार र असहमतिको आधारमा कार्वाही हुनु पार्टीको दीर्घकालीन हितमा नहुने धारणा राख्दै आफू पार्टी सुधार र रूपान्तरणको पक्षमा अडिग रहने बताए।

    “कांग्रेस बलियो हुन विचारमाथि बहस आवश्यक छ, डर र दण्डबाट होइन,” भन्दै थापाले पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्तिले संगठन कमजोर हुने चेतावनी दिए। उनले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै सत्य र सिद्धान्तको पक्षमा उभिन आह्वान गरे।

    थापाको सम्बोधनका क्रममा हलमा उपस्थित प्रतिनिधिहरूले ताली र नारामार्फत समर्थन जनाएका थिए। सम्बोधनपछि विशेष महाधिवेशनको माहोल थप राजनीतिक रूपमा तातेको देखिएको छ।

    कार्वाहीपछि गगन थापाको यो सम्बोधनले कांग्रेसभित्र आन्तरिक बहसलाई नयाँ मोड दिने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

    प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - १६:४४:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको