Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेकपाको एकता महाधिवेशनको कार्यतालिका प्रभावित, तीजपछि नयाँ तालिका बनाइने

नेकपाको एकता महाधिवेशनको कार्यतालिका प्रभावित, तीजपछि नयाँ तालिका बनाइने

जोईन खबर

२९, भाद्र २०८३
  • 391
    SHARES
  • नेकपाको एकता महाधिवेशनको कार्यतालिका प्रभावित, तीजपछि नयाँ तालिका बनाइने


    २९ भदौ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। पार्टीले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसअघि सम्पन्न गर्नुपर्ने संगठनात्मक कामहरू निर्धारित समयमै अघि बढ्न सकेका छैनन्।

    images

    वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार असार–साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाइएको थियो।

    images
    images
    images

    त्यसपछि भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, अहिलेसम्म सदस्यता नवीकरणदेखि तल्ला तहका अधिवेशनसम्मका काम अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन्।

    नेकपा प्रवक्ता प्रकाश ज्वालाले भने केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन गरिने बताएका छन्। त्यसका लागि तीजलगत्तै केन्द्रीय संयोजन समितिको बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।उनका अनुसार महाधिवेशन कार्यतालिकाअनुसार पार्टी सदस्यता नवीकरणसमेत हुन सकेको छैन। भोटेकोशी बाढीका कारण केही जिल्लामा संगठनात्मक गतिविधि र अधिवेशनसमेत प्रभावित भएको उनले बताए।

    ‘महाधिवेशन कार्यतालिका अनुसार पार्टी सदस्यता नवीकरण पनि हुन सकेको छैन। भोटेकोशी बाढीका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएको छ। यी सबैलाई ध्यानमा राखेर हामी छिट्टै केन्द्रीय संयोजन समिति बोलाउँछौँ,’ ज्वालाले भने।

    केन्द्रीय संयोजन समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि निर्माण नहुँदा तल्ला तहका समितिलाई समस्या भएको गुनासोसमेत आएको छ। पार्टी नेतृत्वले उक्त विषयलाई समेत ध्यानमा राखेर आगामी बैठकबाट अधिवेशनसम्बन्धी आवश्यक कार्यविधि टुंगो लगाउने जनाएको छ। प्रवक्ता ज्वालाले आगामी बैठकले अधिवेशनको कार्यविधि ठोस रूपमा बनाउने र मंसिरमै महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याइने दाबी गरे।

    फागुनमा सम्पन्न निर्वाचनअघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत २५ घटकसँग पार्टी एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। एकतापछि पार्टीको संगठनात्मक संरचना व्यवस्थित गर्दै राष्ट्रिय महाधिवेशन गर्ने तयारी अघि बढाइएको हो।

    प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १४:३६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको