Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अर्थ मन्त्रालयद्वारा पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक

अर्थ मन्त्रालयद्वारा पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक

जोईन खबर

३०, भाद्र २०८३
  • 217
    SHARES
  • अर्थ मन्त्रालयद्वारा पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक

    ३० भदौ काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ।

    images

    मन्त्रालयले पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले कार्ययोजना अघि सारेको जनाएको छ।

    images
    images
    images

    कार्ययोजनामार्फत पूँजी बजारको नियमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने र बजारको दिगो विकासका लागि आवश्यक सुधारका काम अघि बढाउने लक्ष्य राखिएको छ।

    अर्थ मन्त्रालयका अनुसार पूँजी बजारमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधान गर्ने तथा बजारलाई थप गतिशील र विश्वसनीय बनाउने गरी कार्ययोजना तयार गरिएको हो।

    कार्ययोजना कार्यान्वयनसँगै पूँजी बजारमा सुधार आउने, लगानीकर्ताको सहभागिता बढ्ने तथा बजारप्रति विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १२:३१:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको