Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेसको निर्वाचन निर्देशिका जारी, सभापतिका उम्मेदवारले ४० हजार शुल्क तिर्नुपर्ने

कांग्रेसको निर्वाचन निर्देशिका जारी, सभापतिका उम्मेदवारले ४० हजार शुल्क तिर्नुपर्ने

जोईन खबर

३०, भाद्र २०८३
  • 433
    SHARES
  • कांग्रेसको निर्वाचन निर्देशिका जारी, सभापतिका उम्मेदवारले ४० हजार शुल्क तिर्नुपर्ने

    ३० भदौ काठमाडौं — नेपाली कांग्रेसले पार्टीको आगामी निर्वाचनका लागि निर्वाचन निर्देशिका जारी गर्दै विभिन्न तहका पदमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ। निर्देशिकालाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।

    images

    निर्देशिकाअनुसार केन्द्रीय सभापतिका उम्मेदवारले ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

    केन्द्रीय उपसभापति र महामन्त्रीका उम्मेदवारलाई सात जना प्रस्तावक र सात जना समर्थक, सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ।

    कांग्रेसले प्रदेश तहका पदमा पनि उम्मेदवारी शुल्क तोकेको छ। प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। निर्देशिकाले पार्टीको विभिन्न तहमा उम्मेदवारी दिने नेताहरूका लागि आवश्यक प्रस्तावक–समर्थकको संख्यासमेत स्पष्ट गरेको छ।nc1-1.jpgnc2-1.jpg

    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १४:४२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको