Logo

मंगलवार, कार्तिक ११ गते २०८३

देउवानिकट ५१ नेता गगन थापा नेतृत्वको कांग्रेसमा सहभागी

देउवानिकट ५१ नेता गगन थापा नेतृत्वको कांग्रेसमा सहभागी

जोईन खबर

१, आश्विन २०८३
  • 310
    SHARES
  • देउवानिकट ५१ नेता गगन थापा नेतृत्वको कांग्रेसमा सहभागी

    १ असोज काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट ५१ जना नेता सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सहभागी भएका छन्। असोज ३ र ४ गते हुने वडा अधिवेशनको संघारमा देउवा पक्षका नेताहरू गगन नेतृत्वको कार्यसमितिमा समाहित भएका हुन्।

    images

    विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिले १४औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेपछि देउवानिकट नेताहरू सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा फर्किएका हुन्। सभापति थापा नेतृत्वको कार्यसम्पादन समितिले उनीहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो।

    images
    images
    images

    गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने नेताहरूमा निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठोरलगायत नेताहरू रहेका छन्। त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, नैनसिंह महरलगायत नेताहरू पनि बिहीबार सानेपा पुगेका छन्।

    नेता मीनबहादुर विश्वकर्माले ५१ जना नेता सहभागी भएको र थप नेताहरू पनि सम्पर्कमा रहेको बताएका छन्। उनीहरू अब गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेर कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने भएका हुन्।

    कांग्रेसमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला देउवा पक्ष र गगन थापा नेतृत्वको पक्षबीच महाधिवेशनको प्रक्रिया र वैधानिकतालाई लिएर मतभेद रहँदै आएको छ। देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेको अवस्थामा ठूलो संख्यामा नेताहरू गगन नेतृत्वको कार्यसमितिमा सहभागी भएका हुन्।

    वडा अधिवेशन नजिकिँदै गर्दा देउवानिकट नेताहरूको गगन नेतृत्वको कार्यसमितिमा सहभागिताले कांग्रेसको आगामी महाधिवेशन प्रक्रियामा नयाँ राजनीतिक समीकरण बनेको देखिएको छ।

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १५:५१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको