Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अजिरकोटमा वक्तृत्वकलामा विष्णुमाया वस्याल प्रथम, चर्चित गायक रायन वस्यालको भतिजी

अजिरकोटमा वक्तृत्वकलामा विष्णुमाया वस्याल प्रथम, चर्चित गायक रायन वस्यालको भतिजी

जोईन खबर

१, आश्विन २०८३
  • 325
    SHARES
  • अजिरकोटमा वक्तृत्वकलामा विष्णुमाया वस्याल प्रथम, चर्चित गायक रायन वस्यालको भतिजी

    १ असोज काठमाडौँ। गोरखा अजिरकोट गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा श्री हिमालय माध्यमिक विद्यालय, अजिरकोट–४ सिम्जुङ, झ्यावाकी कक्षा १० मा अध्ययनरत छात्रा विष्णुमाया वस्याल प्रथम भएकी छन्।

    images

    अजिरकोट गाउँपालिकाको समन्वयमा गाउँपालिकास्तरीय बाल सञ्जालले ६२औँ बाल दिवस २०८३ को अवसरमा भदौ २९ गते आयोजना गरेको प्रतियोगितामा विष्णुमायाले ‘बालमैत्री स्थानीय शासनको महत्व’ विषयमा उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेकी हुन्।

    images
    images
    images

    प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि हिमालय माध्यमिक विद्यालय परिवारले विष्णुमायालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले उनको सफलतालाई विद्यार्थीको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलताको उदाहरणका रूपमा लिएको जनाएको छ।

    विष्णुमाया चर्चित लोक तथा दोहोरी गायक तथा मोडल रायन वस्यालकी भतिजी समेत हुन्। गोरखाको ‘भच्चेक’, ‘घामपानीको छाता’ लगायतका गीतमार्फत दर्शक–श्रोतामाझ लोकप्रिय बनेका रायनका नयाँ सिर्जनाहरू पनि निरन्तर सार्वजनिक भइरहेका छन्।

    कलाक्षेत्रमा परिचित काकासँगको पारिवारिक सम्बन्धका कारण पनि विष्णुमायाको यो सफलता गोरखामा चासोको विषय बनेको छ। पारिवारिक पृष्ठभूमिसँगै उनले शिक्षा क्षेत्रमा देखाएको प्रतिभा र उपलब्धिले विद्यालय तथा स्थानीय समुदायमा थप उत्साह बढाएको छ।

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - २२:३२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको