Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

जोईन खबर

२, आश्विन २०८३
  • 481
    SHARES
  • कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

    २ असोज काठमाडौँ । कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले बझाङमा एक महिलालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया विमलादेवी रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

    प्रहरीका अनुसार केही दिनअघि रोकायाले जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालेकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा फैलिएको थियो।

    भिडियो सार्वजनिक भएपछि घटनाबारे चासो बढेसँगै प्रहरीले कुकुरलाई नदीमा फाल्ने महिलाको खोजी थालेको थियो। सोही क्रममा रोकायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक विष्टले बताए।

    पक्राउ परेकी रोकायामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा कुकुरको अवस्था तथा महिलाले त्यसो गर्नुको कारणलगायतका विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - १४:२२:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको