Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बारपाक सुलिकोट–५ ताकुमाझ लाकुरीबोटमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा वाग्ले निर्विरोध निर्वाचित

बारपाक सुलिकोट–५ ताकुमाझ लाकुरीबोटमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा वाग्ले निर्विरोध निर्वाचित

जोईन खबर

७, आश्विन २०८३
  • 361
    SHARES
  • बारपाक सुलिकोट–५ ताकुमाझ लाकुरीबोटमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा वाग्ले निर्विरोध निर्वाचित

    ७ भदौ काठमाडौँ ।नेपाली कांग्रेस गोरखा, बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरीबोटको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरहरि शर्मा वाग्लेलाई वडा सभापतिमा निर्विरोध निर्वाचित गर्दै नयाँ वडा कार्यसमिति चयन गरेको छ।यस अधिवेशनबाट सभापतिमा नरहरि शर्मा वाग्ले, उपसभापतिमा गोपालबहादुर गुरुङ र उजेली राना मगर, सचिवमा ओमबहादुर थापा, सहसचिवमा सञ्जेस थापा तथा कोषाध्यक्षमा मुना थापा खत्री चयन भएका छन्।

    images

    नयाँ वडा कार्यसमितिले हाललाइ १२ सदस्यीयमा ५ जना पछि मनोनित  गर्ने गरि  संगठन बनाएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि राजेन्द्र रायमाझीले जानकारी दिनुभयो। त्यस्तै, अधिवेशनबाट क्षेत्रीय प्रतिनिधितर्फ खुलामा राजेन्द्र थापा, राजेन्द्र रायमाझी, विराज भट्ट, ठाकुर भट्ट र ओम थापा निर्वाचित भएका छन्। महिलातर्फ क्षेत्रीय प्रतिनिधिमा अबिका देवी थापा, अनी दान कुमारी राना र उजेली माया राना निर्वाचित भएका छन्। युवातर्फ क्षेत्रीय प्रतिनिधिमा आशिष ढकाल, लक्ष्मण भट्ट लगायत निर्वाचित भएका छन्।

    images
    images
    images

    अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले वडा तहमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। साथै स्थानीय नागरिकका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी नयाँ कार्यसमितिलाई आएको छ। नवनिर्वाचित सभापति नरहरि शर्मा वाग्लेको नेतृत्वमा वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र मजबुत बनाउने लक्ष्य लिइएको बताइएको छ।

    प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ११:१२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको