Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भोटेकोशी बाढीपीडितलाई नेकपाका वरिष्ठ नेता र युवा संघको राहत

भोटेकोशी बाढीपीडितलाई नेकपाका वरिष्ठ नेता र युवा संघको राहत

जोईन खबर

९, आश्विन २०८३
  • 895
    SHARES
  • भोटेकोशी बाढीपीडितलाई नेकपाका वरिष्ठ नेता र युवा संघको राहत

    ९ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू तथा युवा संघका नेताहरूको टोलीले भोटेकोशी बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ। टोलीले भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडित परिवारको अवस्था समेत बुझेको छ।

    images

    नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू प्रभावित क्षेत्रमा पुगेर बाढीबाट भएको क्षति तथा पीडितको अवस्थाबारे जानकारी लिएका हुन्।

    images
    images
    images

    युवा संघका नेता ध्रुव अधिकारीका अनुसार प्रभावित परिवारको अवस्था बुझ्दै नेपालसहितको टोलीले पीडितलाई आवश्यक राहत सामग्री वितरण गरेको हो। बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराइएको अधिकारीले बताए।

    युवा संघले यसअघि पनि भोटेकोशी बाढीपीडितका लागि पटक–पटक राहत सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ। संघले विभिन्न समयमा खाद्यान्न, ग्यास सिलिन्डर, कपडालगायतका आवश्यक सामग्री प्रभावित परिवारलाई वितरण गरेको अधिकारीले जानकारी दिए।

    विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको दायित्व भएको भन्दै अधिकारीले युवा संघले आफ्नो क्षमताले भ्याएसम्म बाढीपीडितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

    “भोटेकोशीका बाढीपीडितको पीडालाई हामीले नजिकबाट महसुस गरेका छौँ। हाम्रो क्षमताले भ्याएसम्म आवश्यक सहयोगलाई निरन्तरता दिनेछौँ,” अधिकारीले भने।

    प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - २२:०३:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको