Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्डमा १० ठाउँमा पहिरो, सडक अवरुद्ध

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्डमा १० ठाउँमा पहिरो, सडक अवरुद्ध

जोईन खबर

११, आश्विन २०८३
  • 313
    SHARES
  • पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्डमा १० ठाउँमा पहिरो, सडक अवरुद्ध

    ११ असोज काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डमा १० ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले विभिन्न स्थानमा पहिरो खस्नुका साथै केही ठाउँमा सडक भासिने, चर्किने र भत्किने समस्या देखिएको छ।

    images

    नागढुंगा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड० का अनुसार सडकको निरीक्षणका क्रममा शीलतबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दी खोला–जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा पहिरो तथा सडकमा क्षति पुगेको पाइएको छ।

    images
    images
    images

    असोज ८ गतेदेखि परेको निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसिरहेको छ। कतिपय स्थानमा सडकको संरचनामै क्षति पुगेपछि यातायात सञ्चालनमा थप जोखिम बढेको छ।

    विशेषगरी कृष्णभीर, गोमती खोला तथा अन्य पहिरो प्रभावित क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण बनेको जनाइएको छ। केही स्थानमा सडकको भाग भासिएर चर्किएको र भत्किएको समेत पाइएको सडक योजनाले जनाएको छ।

    लगातार वर्षा भइरहेकाले पहिरो खस्ने क्रम अझै बढ्न सक्ने र सडक थप क्षतिग्रस्त हुनसक्ने जोखिम रहेको छ। सडकको अवस्था जोखिमपूर्ण भएकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

    काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्डमा पहिरोका कारण यातायात प्रभावित हुँदा यात्रु तथा मालवाहक सवारीसाधनमा समेत प्रत्यक्ष असर परेको छ।

    पहिरो प्रभावित स्थानमा सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्ने तयारी भइरहेको छ। वर्षा नरोकिएसम्म सडकमा थप क्षति हुनसक्ने भएकाले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १३:१४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको