१३ असोज काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपास क्रिकेटको माहोल बढ्न थालेको छ।
एनपीएललाई लक्षित गर्दै टीयू मैदान वरपर स्वागत बोर्ड, ब्यानर तथा विभिन्न प्रचार सामग्री राखिएका छन्। मैदान प्रवेश क्षेत्रमै देखिने यस्ता बोर्डले प्रतियोगिता सुरु हुनुअघि नै समर्थकमा उत्साह थपेको देखिन्छ।
एनपीएलको तेस्रो संस्करणका लागि टीयू मैदानमा सात टोलीलाई लक्षित गरी विशेष प्रवेशद्वारसमेत तयार गरिएको छ। ती गेटहरूमा सम्बन्धित टोलीको पहिचानसँगै प्रायोजकको ब्रान्डिङ गरिएको छ।
क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान० का अनुसार एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन् र प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै आयोजना हुनेछन्।
यससँगै टीयू मैदान आसपास अहिले नै एनपीएलको ‘फिभर’ देखिन थालेको छ। स्वागत बोर्ड, टोलीका गेट र प्रचार सामग्रीले कीर्तिपुर क्षेत्रलाई प्रतियोगितामय बनाउँदै लगेका छन्।