Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पूर्वाधार सचिव गोपास प्रसाद सिग्देलको अनिवार्य अवकाश 

पूर्वाधार सचिव गोपास प्रसाद सिग्देलको अनिवार्य अवकाश 

जोईन खबर

१४, आश्विन २०८३
  • 472
    SHARES
  • पूर्वाधार सचिव गोपास प्रसाद सिग्देलको अनिवार्य अवकाश 

    १४ असोज काठमाडौँ । नेपाल सरकारका सचिव गोपाल प्रसाद सिग्देल २८ वर्ष ५ महिनाको निजामती सेवापछि आज २०८३ साल असोज १३ गतेदेखि अनिवार्य अवकाशमा हुनु भएको छ।

    images

    उहाँको सम्मानमा आज पूर्वाधार विकास मन्त्रालयको सभाहलमा माननीय मन्त्री सुनिल लम्सालज्यू तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थितिमा बिदाइ तथा कार्यक्रममा उहाँको लामो निजामती सेवा तथा राष्ट्रसेवाप्रतिको योगदानको स्मरण गर्दै आगामी जीवनका लागि सुख, शान्ति, सु(स्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरिएको थियो।

    images
    images
    images

    वि.सं.२०५५ साल वैशाख १५ गते इन्जिनियर पदबाट सिँचाइ विभागमा नियुक्त भई निजामती सेवामा प्रवेश गर्नुभएका सिग्देलले सि.डि.ई (उपसचिव), सु.ई.(सहसचिव) हुँदै २०७८ साल असोज १४ गते सचिवको जिम्मेवारी सम्हाल्नुभएको हो।

    लामो निजामती सेवाका क्रममा उहाँले सिँचाइ, सडक, शहरी तथा पूर्वाधार विकासका क्षेत्रमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको छ। राष्ट्रिय गौरवका आयोजनादेखि जनताको दैनिक जीवनसंग प्रत्यक्ष रूपमा जोडिएका भौतिक पूर्वाधार तथा सिँचाइका विकास निर्माणका कार्यमा योगदान गर्ने अवसर पाउनुभएका उहाँले आफ्नो सेवाकालमा विकासका माध्यमबाट जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकेकोमा आत्मसन्तुष्टि मिलेको बताउनुभएको छ।

    तनहुँमा जन्मिनुभएका सिग्देलको बाल्यकाल तथा SLC सम्मको अध्ययन बर्दियामा भएको थियो। उहाँले त्रिचन्द्र कलेजबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जर्मनीबाट Water Resources विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएको हो।

    मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूले उहाँको लामो राष्ट्रसेवा, योगदान, सरल व्यवहार र समर्पणको स्मरण गर्दै आगामी सेवानिवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन।

    इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरी सचिवको जिम्मेवारीसम्म पुग्नुभएका सिग्देलले राष्ट्रसेवा तथा पूर्वाधार विकासका क्षेत्रमा पुर्‍याउनुभएको योगदान स्मरणीय रहनेछ। सक्रिय निजामती सेवाबाट सेवानिवृत्त हुनुभए पनि उहाँको लामो अनुभव, प्राविधिक दक्षता र ज्ञान आगामी दिनमा पनि राष्ट्रका लागि उपयोगी हुने विश्वास गरिएको छ।

     

    प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - १३:४८:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको