नुवाकोट — गएको भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले बगाएर अवरुद्ध बनेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाअन्तर्गत गल्छीदेखि बेत्रावतीसम्मको खण्ड पुनः जोडिएको छ। सडक सञ्जाल पुनः कायम भएसँगै बेत्रावती नजिकै बेलीब्रिज निर्माणको काम पनि अघि बढाइएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार बाढीले क्षति पुर्याएको सडकको ट्रयाक जोड्ने काम सम्पन्न भएसँगै यस सडक सञ्जालको गल्छी- बेत्रावती पुन जोडिेको हो।
“बाढीपछि निरन्तरको प्रयासबाट गल्छीदेखि बेत्रावती जोड्ने काम सम्पन्न भएको छ। अहिले बेलीब्रिज जडानको काम तीव्र पारिएको छ,” आयोजना प्रमुख ओझाले भन्नुभयो, “पुल निर्माण सम्पन्न हुनासाथ स्याफ्रुबेसी तथा चीनसँगको नाका रसुवागढीसम्मको सडक सम्पर्क हुनेछ।”
बाढीका कारण सडक अवरुद्ध हुँदा आवतजावतमा ठूलो सास्ती हुँदै आएकोमा सडक पुनः जोडिएपछि स्थानीय बासिन्दा तथा
ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।