Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भोटेकोशी बाढीमा बेपत्ता सई अर्जुन थापाको ३६ दिनपछि कुशको शव बनाई अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता सई अर्जुन थापाको ३६ दिनपछि कुशको शव बनाई अन्त्येष्टि

जोईन खबर

१६, आश्विन २०८३
  • 1.1K
    SHARES
  • भोटेकोशी बाढीमा बेपत्ता सई अर्जुन थापाको ३६ दिनपछि कुशको शव बनाई अन्त्येष्टि

    १६ असोज काठमाडौँ । रसुवा जिल्लाको टिमुरे क्षेत्रमा भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा बेपत्ता हुनुभएका नेपाल प्रहरीका सहायक निरीक्षक (सई) अर्जुन थापाको ३६ दिनपछि आफ्नै जन्मथलोमा सामाजिक तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

    images

    बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट चाँहापानी निवासी थापा बाढीका क्रममा बेपत्ता हुनुभएको थियो। उहाँको खोजीका लागि विभिन्न प्रयास गरिए पनि हालसम्म शव वा कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

    images
    images
    images

    लामो समयसम्म खोजी गर्दा पनि थापाको अवस्था पत्ता नलागेपछि परिवार तथा आफन्तले उहाँको सम्झनामा कुशको शव बनाई धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि गरेका हुन्।

    ३६ दिनसम्म पनि प्रियजनको कुनै खबर नआएपछि परिवार, आफन्त तथा स्थानीयवासी भावुक बनेका थिए। थापाको खोजी निरन्तर भइरहे पनि उहाँको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले परम्पराअनुसार अन्तिम संस्कार गर्नुपरेको जनाएको छ।

    ताकुकोटमा गरिएको अन्त्येष्टि कार्यक्रममा परिवारजन, आफन्त, स्थानीयवासी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। थापाको बेपत्ताले परिवारसँगै गाउँसमाजलाई समेत शोकमा डुबाएको छ।

    भोटेकोशी नदीमा आएको उक्त भीषण बाढीका क्रममा थापासहित विभिन्न व्यक्ति बेपत्ता भएका थिए। बाढीपहिरोपछि बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायबाट प्रयास हुँदै आए पनि सबैको अवस्था पत्ता लगाउन कठिनाइ भएको थियो।

    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - ११:४१:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको