Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१५औँ महाधिवेशनमा सरस्वती अर्याल तिवारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

१५औँ महाधिवेशनमा सरस्वती अर्याल तिवारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

जोईन खबर

१८, आश्विन २०८३
  • 421
    SHARES
  • १५औँ महाधिवेशनमा सरस्वती अर्याल तिवारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    १८ असोज स्याङ्जा । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेशसभा सदस्य तथा कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ।

    images

    स्याङ्जाबाट लामो समयदेखि सक्रिय राजनीतिमा रहनुभएकी अर्याल तिवारी कांग्रेसभित्र महिला नेतृका रूपमा परिचित हुनुहुन्छ। उहाँ १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।

    images
    images
    images

    हाल गण्डकी प्रदेशसभा सदस्य रहनुभएकी अर्याल तिवारीले यसअघि गण्डकी प्रदेश सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। २०७९ सालको निर्वाचनमा उहाँ कांग्रेसको समानुपातिकतर्फ खसआर्य महिला समूहबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो।

    गण्डकी प्रदेशको राजनीतिमा विभिन्न राजनीतिक दल तथा नेतृत्वसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने नेतृका रूपमा अर्याल तिवारीको सक्रियता रहँदै आएको छ। उहाँ पार्टी संगठनसँगै राजनीतिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय हुनुहुन्छ।

    कांग्रेसको १५औँ महाधिवेशनमा उहाँको उम्मेदवारीलाई गण्डकी प्रदेशबाट केन्द्रीय नेतृत्वमा महिला सहभागिता र प्रतिनिधित्वको निरन्तरताका रूपमा हेरिएको छ। १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइसकेकी अर्याल तिवारीले यसपटक पनि सोही पदमा उम्मेदवारी अघि सार्न लाग्नुभएको हो।

    प्रदेशसभा सदस्यका रूपमा राजनीतिक भूमिका निर्वाह गरिरहनुभएकी अर्याल तिवारीले महाधिवेशनलाई पार्टी संगठन र नेतृत्वका विषयमा थप संवाद गर्ने अवसरका रूपमा लिँदै प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई प्राथमिकता दिनुभएको बताइएको छ। १५औँ महाधिवेशनमार्फत पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिकालाई निरन्तरता दिने लक्ष्यसहित उहाँले उम्मेदवारीको तयारी अघि बढाउनुभएको हो।

    प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - १३:५२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको