Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गगन थापाको आग्रहमा देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

गगन थापाको आग्रहमा देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

जोईन खबर

२१, आश्विन २०८३
  • 517
    SHARES
  • गगन थापाको आग्रहमा देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

    २१ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    images

    चालिसेले बुधबार कांग्रेस महाधिवेशन स्थल खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति गगनकुमार थापाको आग्रहमा आफूले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।

    images
    images
    images

    ‘सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता लिएको छु,’ चालिसेले सञ्चारकर्मीसँग भने।

    चालिसे नेपाली कांग्रेसका प्रवक्तासमेत हुन्। उनले मंगलबार खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। तर, बुधबार उनले उम्मेदवारी फिर्ता लिएपछि खुला उपसभापति पदको प्रतिस्पर्धामा रहेका उम्मेदवारको संख्या घटेको छ।

    कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापति पदमा समेत उम्मेदवारी फिर्ता भएपछि अब गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।

    त्यस्तै, उपसभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढिरहेको छ। नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा बिहीबार मतदान हुँदैछ।

    प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १६:१२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको