Logo

मंगलवार, कार्तिक ११ गते २०८३

दशैंमा काठमाडौं–गजुरी निःशुल्क बस सेवा, असोज २९ देखि सञ्चालन हुने

दशैंमा काठमाडौं–गजुरी निःशुल्क बस सेवा, असोज २९ देखि सञ्चालन हुने

जोईन खबर

२१, आश्विन २०८३
  • 562
    SHARES
  • दशैंमा काठमाडौं–गजुरी निःशुल्क बस सेवा, असोज २९ देखि सञ्चालन हुने

    २१ असोज धादिङ । धादिङको गजुरी गाउँपालिकाले दशैंको अवसरमा काठमाडौं उपत्यकाबाट गजुरी फर्किने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले दशैंका बेला घर फर्किने यात्रुलाई सहज र सुरक्षित यात्राको व्यवस्था गर्ने उद्देश्यले विद्यालयका बसमार्फत निःशुल्क सेवा उपलब्ध गराउन लागेको जनाएको हो।

    images

    गाउँपालिकाका अनुसार असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म काठमाडौंका विभिन्न स्थानबाट गजुरीतर्फ निःशुल्क बस सञ्चालन हुनेछ। यात्रुका लागि स्युचाटार पुल, बाफल, खसीबजार र भाटभटेनी क्षेत्रबाट बस छुट्ने व्यवस्था मिलाइएको छ।

    images
    images
    images

    गाउँपालिकाले निःशुल्क बस सेवा लिन चाहने यात्रुले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने जनाएको छ। यात्रुले सक्कल नागरिकता, मतदाता परिचयपत्र वा पहिचान खुल्ने अन्य परिचयपत्र मध्ये कुनै एक अनिवार्य रूपमा बोक्नुपर्नेछ।

    दशैंमा काठमाडौंलगायत विभिन्न स्थानबाट ठूलो संख्यामा नागरिक गाउँ फर्किने भएकाले सार्वजनिक यातायातमा हुने चाप र यात्रुको असहजतालाई ध्यानमा राख्दै गाउँपालिकाले यस्तो व्यवस्था गरेको जनाएको छ।

    गाउँपालिकाले निःशुल्क बस सेवाको अधिकतम उपयोग गर्न तथा यात्राका क्रममा तोकिएको नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। दशैंको समयमा घर फर्किने गजुरीवासीका लागि गाउँपालिकाको यो सेवाले सार्वजनिक यातायातको चापका बीच सहज र सुरक्षित यात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १६:३३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको