Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस केन्द्रीय सदस्यमा गोरखाका प्रेमकुमार खत्रीको उम्मेदवारी

कांग्रेस केन्द्रीय सदस्यमा गोरखाका प्रेमकुमार खत्रीको उम्मेदवारी

जोईन खबर

२१, आश्विन २०८३
  • 514
    SHARES
  • कांग्रेस केन्द्रीय सदस्यमा गोरखाका प्रेमकुमार खत्रीको उम्मेदवारी

    २१ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खस–आर्य खुला) पदमा गोरखाका प्रेमकुमार खत्रीले उम्मेदवारी दिएका छन्।गोरखा क्षेत्र नम्बर १ का खत्रीले कांग्रेसलाई जनतासँग जोडिएको, युवासँग हिँड्ने, प्रविधिसँग अघि बढ्ने र परिणामबाट चिनिने आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।

    images

    खत्रीले बदलिँदो समय र सामाजिक परिवेशसँगै कांग्रेसको सोच, संगठन तथा काम गर्ने शैलीमा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्। उनका अनुसार पार्टीले समयअनुसार आफूलाई रूपान्तरण गर्दै नयाँ पुस्ता र प्रविधिलाई संगठनसँग जोड्नुपर्ने आवश्यकता छ।उनले जनताले कांग्रेससँग केवल सत्ता नभई भरोसा, युवाले आश्वासन नभई अवसर तथा कार्यकर्ताले भाषण नभई सम्मान र न्याय खोजिरहेको उल्लेख गरेका छन्।

    images
    images
    images

    खत्रीले पार्टी संगठनलाई थप जनमुखी र प्रभावकारी बनाउँदै कार्यकर्ताको भावना तथा जनअपेक्षालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई आधुनिक र परिणाममुखी लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। विभिन्न पदमा उम्मेदवारी दर्ता भएसँगै महाधिवेशन निर्वाचनको प्रक्रियामा अघि बढेको छ।नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार मतदान हुँदैछ। खस–आर्य खुलातर्फ केन्द्रीय सदस्य पदमा खत्रीसहित उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ।

    प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १६:५८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको