२२ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोरखाकी मनकुमारी गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। उनले जनजाति महिला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।
गुरुङले कांग्रेसलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन आफूले उम्मेदवारी दिएको बताएकी छन्। उनले आफ्नो उम्मेदवारीको मुख्य प्राथमिकताका रूपमा स्थिरता, समृद्धि र समावेशी विकासलाई अघि सारेकी छन्।
देशको राजनीतिक स्थिरता कायम गर्दै आर्थिक तथा सामाजिक विकासलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गुरुङले पार्टीभित्र महिला तथा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले भूमिका खेल्ने बताएकी छन्।
उनले जनजाति समुदायका मुद्दा, महिला सहभागिता तथा समावेशी प्रतिनिधित्वलाई पार्टीको नीति र नेतृत्व तहमा थप प्रभावकारी रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।
गुरुङले कांग्रेसको संगठनलाई स्थानीय तहदेखि केन्द्रसम्म थप मजबुत बनाउँदै आम नागरिकको अपेक्षा सम्बोधन गर्ने पार्टी निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
१५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेका बेला गोरखाबाट जनजाति महिला तर्फ गुरुङको उम्मेदवारीलाई पनि प्रतिनिधिहरूले चासोका साथ हेरेका छन्।
गुरुङले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई सहयोग तथा समर्थन गर्न आग्रह गर्दै स्थिरता, समृद्धि र समावेशी विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।