Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक

जोईन खबर

२७, आश्विन २०८३
  • 262
    SHARES
  • सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    २७ असोज काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री तथा उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

    images

    रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउन र पदीय नैतिकता कायम राख्न अनुसन्धान निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

    images
    images
    images

    पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ।

    त्यस्ता विषयमा उठेका प्रश्नहरूको सत्यतथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाउँदै रास्वपाले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै पार्टीले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।पार्टीको आन्तरिक छानबिन र सम्बन्धित राज्य निकायको अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कदम चालिने रास्वपाले जनाएको छ।

    839822051_1864913138033631_5629396936325874102_n_K8NW1W0pYx.webp

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - ११:२२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको