Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रसुवाको स्याफ्रुबेंसी–टिमुरे क्षेत्रमा बाढीले परिवार गुमाएका बालकले प्रचण्डलाई भने– ‘तपाईंको साथमा हामी छौँ’

रसुवाको स्याफ्रुबेंसी–टिमुरे क्षेत्रमा बाढीले परिवार गुमाएका बालकले प्रचण्डलाई भने– ‘तपाईंको साथमा हामी छौँ’

जोईन खबर

२७, आश्विन २०८३
  • 1.2K
    SHARES
  • रसुवाको स्याफ्रुबेंसी–टिमुरे क्षेत्रमा बाढीले परिवार गुमाएका बालकले प्रचण्डलाई भने– ‘तपाईंको साथमा हामी छौँ’

    २७ असोज रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका सदस्य गुमाएका रसुवाको स्याफ्रुबेंसी–टिमुरे क्षेत्रका एक बालकले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘तपाईंको साथमा हामी छौँ’ भनेका छन्।

    images

    बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा मंगलबार बिहान रसुवाको स्याफ्रुबेंसी–टिमुरे पुगेका प्रचण्डसँगको भेटमा ती बालकले उक्त कुरा बताएका हुन्। बालकले प्रचण्डसँग भेट गरेपछि उनीसँग तस्बिरसमेत खिचाएका थिए।

    images
    images
    images

    प्रचण्ड वाईसीएल नेपालले बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न रसुवा पुगेका थिए। आवास हस्तान्तरण कार्यक्रम सम्पन्न भएपछि स्थानीय नागरिकसँग भेटघाट तथा कुराकानी गर्ने क्रममा बालकले प्रचण्डसँग आफ्नो भावना व्यक्त गरेका हुन्।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रुबेंसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घरबार र जीविकोपार्जनका आधारसमेत गुमाउनुपरेको छ।

    बाढीबाट प्रभावित परिवारको अवस्था बुझ्न रसुवा पुगेका प्रचण्डले विभिन्न स्थानको अवलोकन गर्नुका साथै पीडित नागरिकसँग भेटघाट गरेका थिए। वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरणसँगै प्रभावित परिवारको पुनःस्थापना र उनीहरूको जनजीवन सामान्य अवस्थामा फर्काउने प्रयासबारे पनि चासो राखिएको थियो।

    बाढीमा परिवारका सदस्य गुमाएका बालकले प्रचण्डसँग व्यक्त गरेको ‘तपाईंको साथमा हामी छौँ’ भन्ने भनाइले विपद्बाट प्रभावित नागरिकको पीडा र कठिन परिस्थितिमा साथ तथा सहयोगको अपेक्षालाई उजागर गरेको छ।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १६:१८:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको