लगानीकर्ताको तर्फबाट तिलक कोइराला, केशब कोईराला, नयन बास्तोला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल, एसपी चौलागाई, रोहन कार्की छलफलमा सहभागी भएका छन्।
सरकारको तर्फबाट अर्थमन्त्रालयक सचिव, सहसचिब, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तिरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली समेत रहेका छन्।
बजेटको नयाँ व्यवस्थाले पूँजी बजार र घर जग्गामा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूकाे भनाइ छ। विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको अडान छ।
आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको घरमा गएका थिए। अर्थमन्त्रीको घरमा प्रहरीले रोके पछि लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा तालाबन्दी गरेका छन्। अर्थमन्त्रालयमा भएको छलफलले कुनै टुङगो नलगाएमा कारोबार अनिश्चितकालको लागि बन्द राख्ने लगानीकर्ताको चेतावनी छ।