Logo

बिहिवार, श्रावण १४ गते २०८३

गाेरखा नगरपालिकाले अगामी आर्थिकमा १ अर्ब ३२ लाखकाे बजेट

गाेरखा नगरपालिकाले अगामी आर्थिकमा १ अर्ब ३२ लाखकाे बजेट

जोईन खबर

११, आषाढ २०८०
  • 706
    SHARES
  • गाेरखा नगरपालिकाले   अगामी आर्थिकमा १ अर्ब ३२ लाखकाे बजेट
    ११असार काठमाडौ । गाेरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट ल्याएको छ । आइतबार भएको बाह्रै नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट प्रस्तुत गरेका हुन् ।
     
    शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर रानाले प्रस्तुत गरेका हुन् ।
    बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान ३८ करोड ७९ लाख, राजश्व बाँडफाटअन्तर्गत १३ करोड १२ लाख ६८ हजार र समान्यीकरण अनुदान २१ करोड २२ लाख रहेको छ भने प्रदेश सरकारको ४ करोड २४ लाख अन्ठाउन्न हजार र पालिकाको आन्तरिक स्रोतबाट ५ करोड ७६ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।
     
     
     
     
     
     

    प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १४:२६:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको